अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – साउदीमा ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदीका विभिन्न ठाउँमा मंगलबारसम्ममा ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपाली श्रमिकको ठूलो उपस्थति रहेको साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिमक्षेत्र मक्का, मदिना, जेद्दा र जजान लगायतका ठाउँमा गरी १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीलाई सङ्क्रमण भएको दूतावासले उल्लेख गरेको छ ।
सङ्क्रमितमध्ये ११ जना महिला र बाँकी पुरुष रहेका छन् । सङ्क्रमितमध्ये धेरै जना निको भएर काममा फर्केको साउदीले जनाएको छ । तर कति निको भए भनेर यकिन विवरण भने दिएको छैन ।
साउदीमा कोरोना सङ्क्रमणको जोखिम सुरु भएसँगै अहिलेसम्म ३१ जना नेपालीले ज्यान गुमाएको र जसमध्ये एकजना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासले जनाएको छ ।
साउदीमा अहिलेसम्म ४२ हजार ९२५ मा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये १५ हजार २५७ जना निको भएका छन् भने २६४ जना सङ्क्रमितको ज्यान गएको छ ।