यूएईमा रहेका नेपालीका समस्या समाधान गर्न समन्वय भैरहेको छ : राजदूत ढकाल

 जेठ ४, २०७७ आइतबार १५:४२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएई सरकारले केही नेपालीलाई आफ्नै जहाजमार्फत नेपाल पठाउने बताएको छ । यसबारे दुवै देशका सरकारसँग छलफल र समन्वय भैरहेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

‘हामी नेपाल सरकार र यूएई सरकारसँग नियमित सम्पर्कमा छौं, यस विषयमा छलफल भइरहेको छ’ राजदूत ढकालले भन्नुभयो, ‘के गर्ने भन्नेबारे चाँडै नै निश्कर्ष निस्कन्छ ।’

कोरोनाको कारण अहिले यूएईमा कार्यरत नेपालीमासमेत असर परेको छ । कतिपयलाई खाद्यान्नकै समस्या भएको छ भने कतिलाई बस्नकोसमेत समस्या हुन थालेको छ । समस्या समाधानको लागि दूतावासले प्रयास गरिरहेको राजदूत ढकालले बताउनुभयो । 

दूतावासले श्रमिकको सहयोगका लागि गरेका तीन काम

राजदूत ढकालका अनुसार दूतावासले अहिले समस्यामा परेका श्रमिकलाई तीन किसिमको सहयोग गरिरहेको छ । 

दूतावासले खान बस्नको समस्या भएर दूतावासमा गुनासो टिपाउनेलाई यूएईमा रहेका नेपाली संगठनहरुसँगको सहकार्यमा र दूतावास आफैंले पनि विभिन्न तवरबाट खाद्यान्न वितरणको काम गरिरहेको राजदूत ढकालले बताउनुभयो । उहाँका अनुसार यसरी यूएईमा रहेका झण्डै पाँच हजार नेपालीले यसको फाइदा लिएको अनुमान छ । 

कतिपयले कोरोनाकै कारण बस्नकै समस्या भएको गुनासो पनि दूतावासमा गरेका छन् । यसरी बस्नकै समस्या हुनेलाई दूतावासले गैरआवासीय नेपाली संघको समन्वयमा बस्नको लागि व्यवस्था गरेको राजदूत ढकालले बताउनुभयो । तर यस्तो समस्या हुनेहरु कम मात्रै छन् ।

कोभिड १९ को सङ्क्रमण भएकाहरुलाई तत्कालै औषधि उपचारको व्यवस्था गर्न यूएई सरकारका सम्बन्धित निकायसँग समन्वय गर्ने काम पनि दूतावासले गरेको छ।

‘हाम्रो समन्वयबाट धेरै नेपालीहरुले उपचार प्राप्त गरिरहनुभएको छ,’ राजदूत ढकालले भन्नुभयो, ‘यूएई सरकारले पनि निःशुल्क रुपमा उच्चस्तरीय सहयोग प्रदान गरिरहेको छ ।’

अहिले कोरोनाको जोखिम बढेसँगै काम र कमाइ नहुँदा होस् या हुँदा पनि परदेशमा हुने धेरै नेपालीको मनमा डर बढेको छ । यसरी कोरोनाको कारण आत्तिएका, डराएका नेपालीलाई विभिन्न माध्यममार्फत दूतावासले उचित जानकारी र परामर्श दिने काम गरिरहेको पनि राजदूत ढकालले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कोरोनाको बारेमा उचित जानकारी दिने, सामाजिक सञ्जालमार्फत सम्झाउने बुझाउने र टेलिफोनमार्फत परामर्श दिने कामहरु पनि गर्दै आइरहेका छौं ।’

घर फर्कन चाहने धेरै

दूतावासले पछिल्लो समय कोरोनाको कारण नेपाली श्रमिकलाई परेका समस्या र उनीहरुकोृ अवस्थाबारे तथ्याँक पनि सङ्कलन गरिरहेको छ । अनलाइन लगायतका विभिन्न माध्यममार्फत अहिलेसम्म १५ हजार जनाले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये अधिकांसले घर फर्कनले इच्छा राखेको राजदूत ढकालले बताउनुभयो । 

कोरोनाको जोखिम बढेसँगै दूतावासमा अहिले घर फर्कन पाउँ भन्दै अनुरोध गर्नेहरुको सङ्ख्या पनि बढेको छ । यसरी अनुरोध गर्नेको विवरण राखेर नेपाल सरकारसँग नेपालीको अनुरोध र इच्छा पु¥याउने काम पनि दूतावासले गरिरहेको राजदूत ढकालले बताउनुभयो । 

‘विभिन्न तवरले यहाँ रहेका नेपालीहरुका समस्या समाधान गर्ने प्रयत्न गर्दै आइरहेका छौं’ उहाँले भन्नुभयो, ‘नेपालीका हरेक समस्याबारे दूतावास जानकार छ र समस्या समाधानका लागि पहल पनि गरिरहेको छ ।’

यूएईले राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको आधिकारिक जानकारी छैन

यूएईले सुरुवाती दिनमा कोरोना सङ्क्रमितको राष्ट्रियता खुलाए पनि सङ्क्रमण बढ्दै जाँदा राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको आधिकारिक जानकारी थाहा हुन नसकेको  राजदूत ढकालले बताउनुभयो । 

यूएईले नेपालीको मात्र होइन, सङ्क्रमित कसैको पनि राष्ट्रियता खुलाउने गरेको छैन । तर कतिपय नेपालीले दूतावासमा आफूलाई सङ्क्रमण भएकोबारे जानकारी गराउने गरेका छन् । यसरी सम्पर्क गर्नेको उपचार लगायतमा दूतवासले समन्वय पनि गरिरहेको उहाँको भनाइ छ । 

‘केही नेपालीको कोरोनाको कारण ज्यान गएको खबर पनि आउने गरेका छन्, तर त्यसरी आउने सूचना आधिकारिक निकायबाट पुष्टि नभएकाले हामीलाई अहिले सार्वजनिक गर्न कठिन छ,’ राजदूत ढकालले भन्नुभयो । 

नआत्तिनुहोस्, समस्याको समाधान निस्कन्छ 

अहिले महामारीका बेला घरबाट टाढा परदेशमा हुनेहरु डराइरहेको अवस्था छ । सरकारले पनि जहाँ हुनुहन्छ त्यही सुरक्षित रहनुस् भनेको छ । यूएईमा हुने नेपाली पनि डराएको र आत्तिएको अवस्था भएकाले नआत्तिन र आफूहरुले प्रयास गरिरहेकाले समस्याको निकास चाँडै निस्कनेमा राजदूत ढकालले सबैलाई अनुरोध गर्नुभएको छ । 

‘यूएईमा रहेको नेपाली दूतावास यहाँ रहेका नेपाली नागरिकको अवस्थाकोबारेमा एकदमै जानकार छ र त्यसको समाधानका लागि यूएई सरकारसँग समन्वय गरिरहेको छ,’ राजदूत ढकालले भन्नुभयो, ‘यूएई सरकारले पनि महत्वपूर्ण सहयोग गरी नै रहेको छ, त्यसैले नआत्तिनुहोस् ।’

राजदूत ढकालले यूएईमा रहेका नेपालीलाई नआत्तिन, परेका समस्या दूतावासमा राख्न र आत्मबल बलियो बनाएर आत्मअनुशासनमा बस्न आग्रह पनि गर्नुभएको छ । 

11 Comments

  • Bodhraj shrestha

    July 17, 2020, noon

    खै घर जानको लागि भनेर नेपाल एम बि सि मा नाम निस्कन २महिना अगाडि भरेको फर्म बल्ल एक हप्ता भयो नाम निस्केको ।नाम निस्कन साथ ट्राभल एजेन्सी धाउँदा धाउँदा अलि अलि भाको कमाइ नी सक्कियो।४महिना देखि कोठामा बस्यो समाचार पढ्यो । आज त खुल्छ कि टीकट पाइन्छ भन्ने आशमा बस्यो।फर्कनेबेला रित्तो हात फर्कनु पर्ने हो भनी वैदेशिक रोजगारको लागि आउँदा जति पनि शुल्क लिने गरेको छ त्यो सबै के को लागि थियो ।समस्या परेको बेला के हि सहुलियत दरमा टिकट काट्ने वातवरण मिलाएर चाँडो भन्दा चाँडो नियमित फ्लाईट शुरू गर्नु पर्यो । सबै ले आफै टीकट काटेर आउने छ।कम्पनी बाट दिएको सबै पैसा सिधी सक्यो।कसै गरी पनि टीकट उपलब्ध हुन सकेको छैन। अब गर्ने चाई के होला।

  • सुरेश बराईली

    June 11, 2020, 1:10 a.m.

    बस्न छ खाना छैन ३महिना भो रूम मा बसेको खान को लागि अब सुको छैन कम्पनी मा कुरा गर्दा पिलेन खुलेसी पठाउछु भन्छ । घर बेबार धान्न रिन काडेर पर्देश लागियो ।यहाँ त झन हालत खराब भयो कृपया पिलेन चालू गर्देउ सरकर म आफ्नै देश फर्कन चहान्छु। दुताबस बाट सहयोग त टाढा भो फोन उठार बोल्न र सन्तवना त दिन सकिन्छ होला ? त्यो पनि छैन सारै अप्थियरो र निरसी जीवन बितिराको छ सरकर । लौन केही कदम त चाल्नुपर्यो

  • sher bahadur thapa

    May 19, 2020, 10:20 p.m.

    काम नभएको ६-७ महिना भयो / खान बस्न समस्या परेको छ / खान त राहत लिएर बाँचेको छु ..तर बस्नको लागि समस्या भएको छ / अनि घरमा आमा बिरामी भएर फोन आएको आएकै छ ...धेरै नै समस्या परेको हँदा अब नेपाल जान बाहेक अरु विकल्प छैन मेरो...त्यसैले नेपाली दुतावासलाई मेरो बिनम्र अनुरोध छ मलाई नेपाल पठाइदिनु पर्यो ...अनलाइन फर्म पनि भरिसकेको छु / दुतावास पनि गएँ शारजहावाट अबुधावी, तर कुरा एउटै मात्र छ , नेपाल सरकारको अनुमति आएको छैन / त्यसैले कृपया अनुमति आउने बित्तिकै म लगायत जसको समस्या जटिल छ , उनीहरुलाई नेपाल पठाइयोस् ....नेपाली दुतावास र नेपाल सरकारसंग अनुरोध छ /

  • दिपक

    May 18, 2020, 11:27 a.m.

    राम्रो कुरा आयो न्युज त बनेछ।तर दुबई दुताबास जो कोहिस्क्ग समन्वय चाही नगर्ने देखियो घमन्ड पनि कति हो फोन काट्ने मेसेजको जबाफ नदिने गर्छन।अनि पिडितलाइ तिमिहरुले किन संघ संस्था गुहार्यौ सहयोग पाउदैनौ भन्न सम्म भ्याइसके ।निस्पक्ष पत्रकारिता गरौ।धन्यवाद

  • Surendra

    May 18, 2020, 10:27 a.m.

    मेरो भीसा सकेर बसेको २ महिना भयो, प्लिज हामीलाई नेपाल लगिदिनुस /

  • Indra Bahadur chhetri

    May 18, 2020, 7:16 a.m.

    नमस्कार ! हामी अहिले भीसा सकेर , कोही क्यान्सील गरेर घर जान रेडी भएकाहरु लकडाउनले गर्दा आज झन्डै साढे दुइ महिना हुनलाग्यो / हामी आफ्नो घर जान चाहन्छौं/ हामीलाई अलि धेरै नै समस्या परेको छ मलाई लाग्छ छिटो भन्दा छिटो नेपाल सरकारले हाम्रो दु:खलाई बुझेर छिटो उद्दार गर्नेछ /

  • Prakash shrestha

    May 18, 2020, 1:22 a.m.

    I want to go back my country i have no money to pay rent my salary always coming late and half also not enough to buy grocery and stay here and i fill up the embassy form but they didn't give any response please i want to go my home i want to stay with my family

  • Ram prasd pandey

    May 17, 2020, 11:10 p.m.

    मेरो कम्पनी बन्द भएको ३ महिना भन्दा बढी भयो / खान बस्नको लागि सार्है नै समस्या छ हजुर / कम्पनी घाटामा थियो, त्यसैले बन्द भयो ..अब केहि गर्नुपर्यो ..घर जानको लागि तयार भएको अवस्था छ मेरो मोवाइल नम्वर 0527358072

  • राजकुमार लिम्बू

    May 17, 2020, 9:06 p.m.

    मेरो काम बन्दभको 2 मैना भयो खाना बस्न छ तर या सङ्क्रमण को जोखिम छ याहा मानिस हरु खुलाम खुल्ला हिन्छ्न कुनै दुरिको ब्यबस्था छैन लकडाउनकाे व्यवस्था छैन

  • Bhuwan nepali

    May 17, 2020, 7:35 p.m.

    नमस्कार मान्यजनहरु ....छिटो भन्दा छिटो उद्धार गर्नुपर्यो ...धेरै नै समस्या भयो/ खासगरि बस्नको लागि ...भएको पैसा पनि सकियो / जसरी भएपनि उद्धार गर्नुस हजुर ...हजुर नै ह जसले हामीलाई सहयोग गर्न सक्छ ...खाना त बरु राहत बाँडेको छ, बस्नको लागि धेरै समस्या भयो हजुर ....छिटो घर जान पाए धेरै धन्य हुनेछ / बरु लागेको लागतमा नेपाल पुगेपछि ऋण गरेर भए पनि तिरुंला / मेरो धेरै ठूलो समस्या आयो, त्यसैले छिटो उद्दार गर्न पर्यो हजुर / भुवन नेपाली 0552762476

  • टेक बहादुर कटुवाल

    May 17, 2020, 4:05 p.m.

    रोजगारी गुमेर अप्रिल ३ देखि रूममा बसिरहेकोसाथै भिशा सक्कियेको अवस्था । कहिले सरकारले ठोस कदम चाल्छ र घर फर्किनु पाइने हो। embassy को फोर्म पनि भरेको केही कल नाआएको आवस्था।खानुलाइ दुख छ र घरमा श्रीमति र ९ महिनाको नानी छ । कसरि बाच्नु यो हिसाबले? मैले मात्र खायेर हुन्छ । 9 महिनाको नानी लियेर कसरी हिंड्न् सक्छ यो आवस्था मा। मलाई चादै नेपाल लगियोस। मलाई यहाँ मर्नु छैन।

तपाईको प्रतिक्रिया