सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – मुस्लिम धर्मावलम्वीको महान पर्व इदको समयमा साउदी अरबमा कर्फ्यु लाग्ने भएको छ ।
साउदीको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना नियन्त्रण गर्ने उद्देश्यले मे २३ देखि २७ सम्म २४ घण्टा कर्फ्येु लागू गर्ने निर्णय गरेको हो ।
कर्फ्येु उल्लङ्घन गर्नेलाई जरिवाना समेत तोकिएको साउदीमा रहेको नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
यस समयमा आफूलाई चाहिने आवश्यक वस्तु तथा खाद्यान्न पहिले नै खरीद गरी कर्फ्यु समयको पूर्ण पालना गर्न साउदीमा रहेका नेपाली श्रमिकलाई दूतावासको अनुरोध छ ।
श्रमिकहरुको आवास क्षेत्रमा कोरोना सङ्क्रमण बढी फैलिएको पाइएकोले गएका वर्षहरुमा जस्तो जमघट वा भेटघाट नगर्न पनि दूतावासले सबैलाई सूचित गरेको छ ।
एक कम्पनीको आवासबाट अर्को कम्पनीको आवासमा आवतजावत गर्न साउदी सरकारले निरुत्साहन गरेका कारण त्यहाँ रहेका नेपालीहरुलाई पनि त्यसो नगर्न दूतावासको अनुरोध छ ।
यस्तै कोरोनाबाट संक्रमित वा लक्षण देखिएका तर आईसोलेसन र क्वरेण्टीनमा नियम पालना नगर्ने बिरामीलाई साउदी सरकारले जरिवाना तोकेको हुँदा त्यसको पालना गर्न पनि दूतावासले सबैमा आग्रह गरेको छ ।