रुपन्देहीको बुटवल बुद्धनगरमा एक जना महिलामाथि गोली प्रहार

 वैशाख ६, २०८२ शनिबार १२:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – रुपन्देहीको बुटवल बुद्धनगरमा एक जना माहिलामाथि गोली प्रहार भएको छ । बुटवल–११ बुद्धनगरमा बस्ने टिका विष्ट क्षेत्रीलाई नचिनेका व्यक्तिले गोली प्रहार गरेका हुन् ।

गोली लागेर घाइते क्षेत्रीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । पाल्पाको रैनादेवी छहरा घर भएकी क्षेत्रीले बुद्धनगरमा खाजा घर सञ्चालन गर्दै आउनुभएको छ ।

बिहान साढे ९ बजेतिर मोटरसाइकलमा आएका युवाले गोली चलाएर फरार भएका र उनीहरूकाे खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली चलाउनुको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया