चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता : शेइयान–२७ उपग्रह प्रक्षेपण

 वैशाख ६, २०८२ शनिबार १५:२१:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छ वटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । शेइयान–२७ नाम दिइएका ती उपग्रहहरू बिहान ६ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएका हुन् । ती उपग्रहहरू आफ्ना निर्धारित कक्षमा पुग्न सफल भएका छन् ।

शेइयान–२७ सिरिजका उपग्रहहरू मुख्य रूपमा अन्तरिक्ष वातावरणको अध्ययन तथा प्रविधि परीक्षणका लागि प्रयोग गरिनेछन् । यी उपग्रहहरूमार्फत पृथ्वीको आसपासको अन्तरिक्ष क्षेत्रमा हुने भौतिक तथा वातावरणीय परिवर्तनहरूको निगरानी, डाटा सङ्कलन र विश्लेषण गरिनेछ, जसले भविष्यमा गरिने अन्तरिक्ष मिसनहरूको तयारी र नयाँ प्रविधिहरूको परीक्षणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनेछ ।

चिनियाँ अधिकारीहरूका अनुसार यसको उद्देश्य भावी अन्तरिक्ष योजनाहरूका लागि आवश्यक ज्ञान र प्रविधि विकास गर्नु हो । प्रक्षेपणमा प्रयोग भएको लङ्ग मार्च–६ नामक रकेट चीनको प्रख्यात रकेट शृङ्खला लङ्ग मार्च अन्तर्गत पर्छ । आजको प्रक्षेपण यो शृङ्खलाको पाँच सय ७०औं उडान रहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया