थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित

 वैशाख ६, २०८२ शनिबार १५:१४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौमा लामो समयदेखि भइरहेको प्रदर्शनका कारण जनजीवन प्रभावित भएको छ । सडक नै ढाकेर हुने प्रदर्शनका कारण काठमाण्डौको माइतिघर–नयाँ बानेश्वर सडक लगायत आसपासको ट्राफिक व्यवस्थापन दिनदिनै अस्तव्यस्त भइरहेको छ ।

शिक्षकहरुले चैत २० गतेदेखि सडक नै ढाकेर प्रदर्शन गर्दै आएका छन् । शिक्षक सडकमा आएको अघिल्लो दिन नै प्रदर्शन शुरु गरेका सहकारी, लघुवित्त र मिटर ब्याज पीडितको आन्दोलन पनि अझै चलिरहेको छ । उनीहरूको प्रदर्शन क्षेत्रपाटी, शान्तिबाटिका र भद्रकाली क्षेत्रमा केन्द्रित छ ।

बुद्धनगर बबरमहल क्षेत्रमै चैत २१ गतेदेखि आवासीय चिकित्सकहरु पनि तलब माग्दै आन्दोलन गरिरहेका छन् । बित्तिय संस्था पिडित, शिक्षक र चिकित्सकको आन्दोलन भन्दा पहिले नै प्रदर्शन शुरु गरेका राजावादीहरुको प्रदर्शन पनि चलिरहेकै छ ।

यसबीचमा संघीयता पक्षधरदेखि कुलमान घिसिङ समर्थकसम्मका प्रदर्शनहरु पनि भइरहेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरी बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म नयाँ बानेश्वर–माइतिघर सडक ठप्प जस्तै हुँदा त्यसको असर आसपासमा अरू सडकमा पनि देखिने गरेको बताउनुहुन्छ । भोलि त राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने चेतावनी दिएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया