वैदेशिक रोजगमारीका क्रममा पाँच महिनामै झण्डै साढे १९ करोड र...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – खाडीका देश र टर्कीमा कोरोना सङ्क्रमणबाट १५ जना नेपालीको ज्यान गएको छ ।
त्यहाँ रहेका नेपाली दूतावासका अनुसार अहिलेसम्म साउदीमा सातजना, यूएईमा पाँचजना तथा कतार, टर्की र सेसल्समा एक, एकजना गरी १५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
दूतावासका अनुसार खाडीका देश मलेसियामा अहिलेसम्म १९ सय ६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ ।
साउदीमा १३ सय ६४, बहराइनमा ३३१, यूएईमा १५, कुवेतमा ८४, कतारमा ५७, मलेसियामा ५५ जना गरी जम्मा १९ सय ६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा ३८, यूएईमा दुई र मलेसियामा १३ गरी ५३ जना निको भएर काममा फर्किएका छन् ।