साउदीमा स्वास्थ्य समस्या भए सिधै डाक्टरलाई फोन गर्नुस्

 जेठ ११, २०७७ आइतबार १०:५३:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईं साउदीमा स्वास्थ्य समस्यामा हुनुहुन्छ र डाक्टरसँग जँचाउन पाउनुभएको छैन ? त्यसो हो भने अब तपाईं आफ्नो स्वास्थ्य समस्या फोन गरेर डाक्टरसमक्ष राख्न सक्नुहुन्छ ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार साउदी अरबमा रहेका नेपालीले डाक्टरलाई फोन गरेर रुघाखोकी, ज्वरो वा अरु स्वास्थ्य सम्बन्धी चिकित्सा परामर्श सेवा लिन सक्नेछन् ।

कोरोना भाइरसको संक्रमण विस्तारसँगै आफ्नो स्वास्थ्यको बारेमा चासो राखेर दूतावासमा धेरैले टेलिफोन गर्ने गरेको भन्दै डाक्टरहरुलाई नै फोन गर्ने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

साउदी अरबमा रहेका नेपाली चिकित्सक डा. अनिरुद्र पाठकले सहयोग पुर्याउँदै आउनुभएको छ । यस्तै नेपालीहरुको स्वास्थ्य चासोलाई सम्बोधन गर्न हायल विश्वविद्यालयमा प्राध्यापनरत डा. मुख्तर अन्सारी (फार्मेसी) र श्री कृष्ण भुषाल (सीएमए) ले पनि इच्छा देखाएको हुँदा उहाँहरुलाई पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

डा. अनिरूद्र पाठक, जनरल फिजिसियन
ढाका मेडिकल सेन्टर, बथा, रियाद ।
टेलिफोन नम्बरः ०५४६३५६०२३
सम्पर्क समयः बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म

डा. मुख्तर अन्सारी, फार्मेसी
हायल विश्वविद्यालय, हायल ।
टेलिफोन नम्बरः ०५५४८३६०३७
सम्पर्क समयः दिनको २ बजेदेखि राती ११ बजेसम्म

श्री कृष्ण भुषाल, सीएमए
Patient Experience Executive
अबीर मेडिकल सेन्टर, बथा शाखा, रियाद ।
टेलिफोन नम्बरः ०५९८२५६७१८
सम्पर्क समयः बिहान ७ बजेदेखि रातको १२ बजेसम्म ।

उनीहरु सबैको नम्बरमा इमो र ह्वाट्सअप पनि भएकाले आफ्नो समस्या लेखेर पठाउन पनि सकिने दूतावासले जनाएको छ । डाक्टरहरुले गर्ने सेवा पूर्णतः स्वयंसेवाको भावनाबाट भएकाले उहाँहरुको समयलाई ख्याल गरिदिन दूतावासले सबैलाई आग्रह गरेको छ ।

यस्तो समस्याको बेला इच्छा देखाइ सहयोग गरेकोमा दूतावासले सबै डाक्टरहरुलाई आभार प्रकट गरेको छ ।

 

तपाईको प्रतिक्रिया