जापानी गाडी निर्माण कम्पनीहरु होन्डा र निसानको मर्जर प्रक्रिया ...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा समस्यामा परेका नेपालीको समयमै उद्धार गरिने बताउनुभएको छ ।
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै उहाँले विदेशमा समस्यामा परेका नेपालीको समयमै उद्धार गरिने बताउनुभएको हो । विदेशमा समस्यामा परेका र दुःख पाएका नेपालीको उद्धारका लागि विस्तृत योजनासहितको आदेश छिटै जारी हुने पनि उहाँले बताउनुभयो ।
कोरोना महामारिका बेला विदेशमा समस्यामा परेका श्रमिकको समस्या समाधानका लागि विभिन्न देशका राष्ट्र प्रमुखसँग आफूले कुराकानी गर्दै अनुरोध गरेको र ती देशले गरेको सहयोग प्रति उहाँले धन्यवाद पनि दिनुभएको छ ।
उहाँले भन्नुभयाे, 'नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न मैले गरेको आग्रहमा उहाँहरूले निश्चिन्त रहन आश्वस्त पार्नुभएको छ ।'
यस्तै प्रधानमन्त्रीले विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा चोट पुग्ने गरी व्यवहार नगर्न पनि आग्रह गर्नुभएको छ ।