ओमानबाट असार १ गते नेपाली लिएर सलाम एअर नेपाल आउने, ३६ हजार रुपैयाँ भाडा तोकियो

 जेठ २७, २०७७ मंगलबार २०:५२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानबाट प्राथमिकतामा परेका नेपालीलाई लिएर जुन १५ अर्थात असार १ गते सलाम एअर नेपाल आउने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

प्राथमिकतामा परेका नेपालीलाई  लिएर असार १ गते सलाम एअर नेपाल आउने तय भएको र फर्कने नेपाली आफैंले टिकट काट्नुपर्ने दूतावासले जनाएको छ ।

नेपाल फर्कन चाहने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतवासले त्यस उडानमार्फत नेपाल फर्कन चाहने नेपालीले तोकिएको आफूलाई पायक पर्ने ठाउँमा कोरोना जाँच गराउन अनुरोध गरेको छ ।

कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एअर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । थप केही जानकारी आवश्यक परे पनि यो नम्बरमा फोन गर्न सकिनेछ ।

नेपाल फर्कने नेपालीका लागि सलाम एअरले ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार एक सय ६ रुपैयाँ भाडा तोकिएको छ ।

पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जनाएको छ । थप जानकारीका लागि ७१५९२४९०,७१५९२५०६ र ७१५३०८४० मा सम्पर्क गर्न सकिन्छ ।

पीसीआर जाँच गर्ने ठाउँ र सम्पर्क नम्बरहरु हेर्नुहोस् :

1 Comments

  • तिलक राई

    June 10, 2020, 1:39 p.m.

    ज्यान भन्दा ठुलो पैसा हैन सहि हो आफ्नो भुमी आफ्नै हुन्छ

तपाईको प्रतिक्रिया