ललितपुरको फुलचोकी जङ्गलमा हराएका १३ जनाको उद्धार
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – कुवेतबाट नेपाली लिएर आज दुईवटा जहाज काठमाण्डौ आउँदै छन् ।
कुवेत सरकारले आह्वान गरेको आममाफीमा सहभागी तीनसय जना महिलालाई लिएर दुवै जहाज कुवेतबाट नेपालका लागि उडिसकेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
जजिरा एअरले कुवेतमा आममाफीमा सहभागी नेपालीलाई लिएर आउँदै छ । पहिलो जहाज ११ बजेर ३० मिनेटमा र दोस्रो जहाज १ बजेर ३० मिनेटमा त्रिभुवन विमानस्थलमा आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जनाकारी दिनुभयो ।
कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटिले दिउँसो ३ बजेअघि नै नेपाली लिएर आउने जहाज विमानस्थलमा आवतरण गरिसक्न पर्ने भनेको छ । आममाफीमा सहभागीमध्ये कुवेतबाट महिलालाई प्राथमिकतामा राखेर नेपाल पठाइएको छ ।
कुवेत सरकारले भिसा नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गर्दा जरिवाना तिर्नुपर्ने नेपालसहित विभिन्न देशका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत आफ्नै खर्चमा नेपालसम्म ल्याइदिन लागेको हो ।
आममाफी सहभागी झण्डै तीन हजार जना नेपाली गएको अप्रिल ३० देखि कुवेत सरकारले नै व्यवस्थापन गरेको सेल्टरमा बस्दै आएका छन् । उनीहरुलाई बस्न र खानको व्यवस्था कुवेत सरकारले नै गरेको छ ।
यस्तै कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ ।