साउदीबाट पहिलाे चार्टर्ड उडानमार्फत स्वदेश आइपुगे १५४ नेपाली

 असार ५, २०७७ शुक्रबार ६:५०:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीको दमामबाट १५४ जना नेपाली केहीबेरअघि काठमाण्डौ आइपुगेका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान भोलि शनिबार भर्नेछ । या उडानमार्फत स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ ।

यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ ।

साउदीमा समस्यामा परेका अन्य नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको छ ।

यस्तै आज माल्दिभ्सबाट पनि १५० जना र कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कने छन् । तर कुवेत र कतारबाट कति नेपाली फर्कन्छन् भन्ने सङ्ख्या भने यकिन भएको छैन ।

तपाईको प्रतिक्रिया