ढाकाबाट आज पनि फर्किए १५५ नेपाली, १६८ नेपाली लिएर यूएईबाट एअर अरेबिया उड्यो

 असार ६, २०७७ शनिबार १३:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बंगलादेशको ढाकाबाट १५५ नेपाली आज पनि स्वदेश आइपुगेका छन् ।

हिमालय एअरको चार्टर्ड उडानमार्फत उनीहरु केहीबेरअघि काठमाण्डौ आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । त्यहाँ समस्यामा परेका नेपाली लिन आज बिहान हिमालय एअरलाइन्स ६ जना यात्रु लिएर ढाका गएको थियो ।

यसअघि दुई उडानमार्फत ढाकाबाट ४१३ जना स्वदेश फर्किसकेका छन् । आजै कुवेतबाट १५० जना महिला र कोरियाबाट २२८ जना नेपाली स्वदेश फर्किएका छन् । मलेसिया, दोहा र यूएईबाट पनि त्यहाँ समस्यामा परेका नेपाली चार्टर्ड उडानमाफर्त स्वदेश फर्कंदै छन् ।​

यूएईबाट १६८ जना यात्रु लिएर एअर अरेबिया केही समयअघि काठमाण्डौका लागि उडेको छ यूएईको सारजहा विमानस्थलबाट १ शिशुसहित २६ जना महिला र १४२ जना पुरुष नेपाल फर्कंदै छन् । फर्कनेमध्ये केहीलाई कम्पनीले टिकट काटिदिएको छ भने केहीले आफैंले काटेका छन् ।

तपाईको प्रतिक्रिया