साउदीमा आवासीय अनुमतिपत्र नबनाएका वा नवीकरण नगरेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

 असार ८, २०७७ सोमबार १८:३५:४६ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदी अरबमा रहेको नेपाली दूतावासले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाएका वा नवीकरण नगरेका नेपालीहरुलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

अकामा नबनाएको वा नवीकरण नगरेको कारण स्वदेश फर्कन चाहने नेपाली श्रमिकलाई स्वदेश फर्काउने तयारी भएकाले यस्तो समस्या भएकाहरुलाई सम्पर्कमा आउन दूतावासले आग्रह गरेको हो ।

दूतावासका अनुसार स्वदेश फर्काउन आवश्यक एक्जिट भिसा सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले यस्तो भिसा प्रदान गर्ने प्रक्रियाको थालनी गरेको छ ।

यस्तो भिसाका लागि दूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर कोरोना सङ्क्रमणका कारण केही महिना अवरूद्ध यो पक्रिया अहिले पुनः सुरु भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो प्रक्रिया थालनी भएपछि साउदी सरकारले ७४ जना नेपालीहरुलाई एक्जिट भिसा जारी गरिसकेको छ । यसरी भिसा लागेकाहरु भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्नेछ ।

स्वदेश फर्कने उडान र मिति लगायतका बारेमा चाँडै जानकारी गराइने पनि दूतावासले जनाएको छ ।

1 Comments

  • Arunkumar chaudhary

    June 23, 2020, 2 p.m.

    जेल बसेका चाहिं कहिलेसम्म जान पाउँछन ??

तपाईको प्रतिक्रिया