हिमालय एअरलाइन्सको भाडादरबारे हल्लाको पछाडि नलाग्न दूतावासको आग्रह

 असार ८, २०७७ सोमबार १८:४६:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – कुवेतमा रहेको नेपाली दूतावासले हिमालय एअरलाइन्सको भाडादरको बारेमा हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

दूतावासले सामाजिक सञ्जालमा हिमालय एअरलाइन्सको उडान भाडा कोरोना जाँच समेत गरेर १९० कुवेती दिनार रहेको भनेर प्रचार गरिएको भन्दै यसमा विश्वास नगर्न आग्रह गरेको हो ।

यस सम्बन्धमा दूतावासको कुनै भूमिका नरहेको तथा दूतावासद्वारा सूचित आधिकारिक सूचनामा यस्तो जानकारी कतै उल्लेख नभएको दूतावासको भनाइ छ ।

दूतावासले बिहीबार अर्थात जुन १८ मा जारी गरेको सूचना अनुसार नै भाडादर भएको जनाएको छ ।

कुवेतदेखि काठमाण्डौको नेपाल चार्टर्ड फ्लाइटका लागि नेपाल सरकारले तोकेको प्रतिव्यक्ति भाडादर ४१० अमेरिकी डलर (सम्पूर्ण करहरुसहित) रहेको हुँदा  त्यही अनुसार तयारी गर्न दूतावासले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया