रवि लामिछाने सांसद पदबाट निलम्बित
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – मलेसियाबाट ७ हजार ३४१ जनाले घर फर्कन आफ्नो विवरण टिपाएका छन् ।
भिसाको अवधि सकिएका, कामबिहीन भएका, कोरोनाबाट प्रभावित, गर्भवती, बिरामी लगायत सरकारले तोकेको प्राथमिकतामा पर्ने ७ हजार ३४१ जनाको सूची दूतावासले सार्वजनिक गरेको हो । मलेसियाबाट दुई उडानमार्फत त्यहाँ समस्यामा परेका केही नेपाली फर्किएका छन् ।
मलेसियामा पहिले दूतावासमा आफ्नो विवरण टिपाउनेलाई पनि दूतावासले फेरि विवरण भर्न लगाएको थियो । दूतावासले सार्वजनिक गरेको तथ्याँक अनुसार अधिकांश श्रम र भिसा सकिएर स्वदेश फर्कन खोज्नेहरु रहेका छन् ।
यस्तै मलेसियाबाट फर्कनेलाई मलेसियाको अध्यागमन कार्यालयले चेकआउट मेमाे वा बिदाको पत्र मध्ये एक खोज्ने गरेको दूतावासले जनाएको छ । रोजगारी भिसामा मलेसिया गएका तथा भिसाको अवधि सकिएकाहरुलाई स्वदेश फर्किन चेक आउट मेमो आवश्यक पर्दछ । चेक आउट मेमो पहिले नै बनाएको र त्यसको म्याद सकिएको भएपनि स्वदेश फर्किन बाधा नपर्ने दूतावासले जानकारी दिएको छ ।
यसैगरी भिसाको अवधि धेरै बाँकी रहेको तर स्वदेश फर्किनेहरुले भनें कम्पनीबाट विदाको पत्र बनाएर मात्र स्वदेश फर्किने प्रकृया गर्न दूतावासले सुझाव दिएको छ । नेपाल फर्किनेहरुले आफू फर्किने जहाज चढ्न तथा नेपाल प्रवेश गर्न नेपाल पुग्ने दिनको सात दिन भित्रको कोभिड १९ परीक्षणको रिपोर्ट साथमा राख्न पनि दूतावासले सूचित गरेको छ ।
घर फर्कने इच्छुक नेपालीकाे विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस्
Chandra Bahadur Tamang
June 25, 2020, 5:27 a.m.घर जान चाहन्छु ...कम्पनी सम्पर्कविहिन भएर भीसा सकिएको २ वर्ष भयो ..पासपोर्ट साथ मै छ / त्यहाँ माथि यो कोभिद १९ ले गर्दा काम पाउन धेरै गाह्रो छ ...त्यही भएर देश जाने पहल मिलाइदिनु हुन हार्दिक अनुरोध छ /