बहराइनबाट दुई चार्टर्ड उडानमार्फत आइपुगे २७३ नेपाली, कुवेत र मलेसियाबाट पनि फर्कंदै

 असार १२, २०७७ शुक्रबार ९:०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनबाट नेपाल एअरलाइन्सको दुई वटा चार्टर्ड उडानमार्फत २७३ जना नेपाली स्वदेश आइपुगेका छन् ।

पहिलो उडानमार्फत १४२ जना र दोस्रो उडानमार्फत १३१ जना केहीबेरअघि काठमाण्डौ आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । दुई जहाज २५ मिनेटको  अन्तरमा काठमाण्डौमा अवतरण गरेका हुन् । यस्तै अहिले साढे ११ बजे कुवेतबाट पनि आममाफीमा सहभागी नेपाली स्वदेश आइपुग्नेछन् । झण्डै १५० जनालाई जजिरा एअरलाइन्समार्फत कुवेतले निःशुल्क स्वदेश पठाइदिएको हो ।

यस्तै आजै मलेसियाको क्लालाम्पुरबाट पनि नेपाली स्वदेश फर्कंदै छन् ।
 

तपाईको प्रतिक्रिया