भिसाको अवधि सकिएको भए पनि साउदीबाट फर्कंदा जरिवाना नलाग्ने

 असार १२, २०७७ शुक्रबार १९:५७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको कारण भिसाको म्याद समाप्त भएका नेपालीहरु साउदीबाट जरिवानाबिनै स्वदेश फर्कन सक्ने भएका छन् ।

कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुन: प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सक्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यसरी फर्कंदा भिसाको अवधि सकिएको भए पनि कुनै जरिवाना र शुल्क लाग्ने छैन । साउदीमा समस्यामा परेर प्राथमिकतामा परेका नेपालीलाई अहिले दूतावासले चार्टर्ड उडानमार्फत स्वदेश पठाइरहेको छ । भोलि शनिबार पनि साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि दुई उडान हुँदैछन् ।

तपाईको प्रतिक्रिया