आज कतार र मलेसियाबाट २९० नेपाली स्वदेश आइपुगे, नेपाली लिन आज यी देश जादैछन् जहाज

 असार १५, २०७७ सोमबार ९:८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट २९० जना नेपाली स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत कतारको दोहाबाट १५१ जना र मलेसियाको क्लालाम्पुरबाट १३९ जना आइपुगेका त्रिभुवन विमानस्थलले जनाएको छ । दोहाबाट एउटा शव पनि ल्याइएको छ ।

यस्तै आज कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंदै छन् भने मलेसियाबाट पनि हिमालय एअरलाइन्सको चार्टर्ड जहाजमार्फत त्यहाँ समस्यामा परेका नेपालीहरु फर्कंदै छन् ।

कुवेत सरकारले नै जजिरा एअरमार्फत आज पनि नेपालीलाई निःशुल्क पठाइदिएको हो । यस्तै आज हिमालय र नेपाल एअरलाइन्सका चार्टर्ड जहाज ६ ठाउँमा नेपाली लिन जाने भएका छन् । नेपाल एअरलाइन्सका चार जहाज कतारको दोहा, मलेसियाको क्लालाम्पुर, यूएईको दुबई र कुवेत जाने त्रिभुवन विमानस्थलले जनाएको छ ।

हिमालय एअरलाइन्सका जहाज साउदीको दमाम र छाङ्सा जानेछन् । अहिलेसम्म कोरोनाको कारण विदेशमा समस्यामा परेका ११ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएका परराष्ट्र मन्त्रालय जनाएको छ ।
 

1 Comments

  • Rupak kandel

    June 29, 2020, 9:17 p.m.

    हाम्रो पालो कहिले आउँछ ?? हामीलाई पनि खान बस्न गाह्रो भएको छ / म कतारको दोहामा छु ...जब पनि सकियो ...अब के गर्ने हो थाहा छैन / नेपाल सरकारले रेस्क्यु गर्नैपर्छ / हाम्रो नेपाल फर्कने पालो कहिले आउँछ ??

तपाईको प्रतिक्रिया