कतारबाट बिहानै आइपुगे १४७ नेपाली : यूएई, कुवेत र मलेसियाबाट पनि फर्कंदै

 असार १९, २०७७ शुक्रबार ७:४८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारको दोहाबाट १४७ जना नेपाली आज बिहानै स्वदेश आइपुगेका छन् ।

नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ६ जना महिला र १४१ जना पुरुष आज स्वदेश आइपुगेका हुन् । जहाजले कतारमा ज्यान गुमाएका दुई नेपालीको शव पनि ल्याएको छ । कतारबाट समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो ८ औं उडान हो ।

आज कतारकै दोहाबाट कतार एअरवेज पनि नेपाली लिएर नेपाल आउँदैछ । आज यूएईबाट नेपाली लिएर दुईवटा जहाज आउँदैछन् भने मलेसियाको क्लालाम्पुरबाट मलिण्डो एअर नेपाली लिएर आउँदैछ । कुवेतबाट पनि आममाफीमा सहभागी नेपाली स्वदेश फर्कंदै छन् ।

तपाईको प्रतिक्रिया