कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
काठमाण्डौ – अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले खाडीका देश र मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई चार लाख २४ हजार ३१० डलर अर्थात झण्डै पाँच करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ । आइएलओ र एनआरएनबीच अनुदान कार्यान्वयनसम्बन्धी सम्झौतासमेत भइसकेको छ ।
कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा अनुदान रकम खर्चिने एनआरएनका अध्यक्ष कुमार पन्तले बताउनुभएको छ । उहाँले सङ्घको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकका लागि अनुदान रकम उपलब्ध हुनुलाई हामीले थप जिम्मेवारी बोधका रूपमा लिएको बताउनुभएको छ ।
आइएलओले विशेषगरी कोभिड–१९ बाट प्रभावित मलेसिया, संयुक्त अरब इमिरेट्स ९युएई०, कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ यो आर्थिक सहयोग गरेको जनाएको छ ।
सङ्घले यी देशमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारीसमेत गरेको छ । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानूनी परार्मश दिने पनि सङ्घको तयारी छ । आइएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेका लागिसमेत खर्च गरिने सङ्घले जनाएको छ ।