कोरिया जान पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

 असार २४, २०७७ बुधबार १४:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राेजगारीकाे लागि दक्षिण कोरिया जान सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमकाे कारण सम्पूर्ण उडान बन्द भएपछि प्रक्रिय पूरा भए पनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजार बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मेहनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी रामहरी देवकोटाले बताउनुभयो । 

सरकारले आफ्ना माग पूरा नगरे पूर्णरुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उहाँले बताउनुभयो ।

सामाजिक दुरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगारी देऊ, कि कोरिया जान देऊ’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर’, गरी खान देऊ सरकार, ‘उडान खोली जान देऊ सरकार’, 'हामीलाई गरिखाने थलो जान देऊ’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । 

तपाईको प्रतिक्रिया