धेरै नेपाली रहेका देशमा उद्धार उडानलाई प्राथमिकता दिने

 साउन ५, २०७७ सोमबार ७:२३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले धेरै सङ्ख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने भएको छ ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो ।आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

अहिले खाडीका देश र मलेसियामा हजारौं श्रमिक स्वदेश फर्कने दिन कुरिरहेका छन् । खाडीका देश, यूएई, कतार, साउदी, कुवेत, बहराइन, ओमान र मलेसियाबाट मात्रै स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या झण्डै एक लाख छ ।

यी देशबाट दिनहुँजसो नेपाली स्वदेश आइरहेका छन् । तर स्वदेश फर्कन दूतावासको प्राथमिकताको सूचीमा परे पनि जहाजको टिकट नपाइएको धेरैको गुनासो छ ।

तपाईको प्रतिक्रिया