रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
स्याङ्जा - काेरोना सङ्क्रमणका कारण स्याङ्जाका एक युवकको साउदी अरबमा ज्यान गएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्णपङ्गेनीले जानकारी दिनुभयो ।
श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुग्नुभएको थियो । एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाजलगायतका सङ्घसंस्थामा सक्रिय हुनुहुन्थ्यो ।
श्रीमतीसहित साउदीमा बस्दै आउनु भएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौ मै छोडेर साउदीतर्फ उड्नु भएको थियो ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।
suraj prasad rajbhandari
July 27, 2020, 9:26 p.m.so bad news..............