यूएईबाट घर फर्कने दिन पर्खिरहनुभएको छ ? यी मितिमा हुँदैछन् १५ उडान

 साउन ३२, २०७७ आइतबार १६:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईमा समस्यामा पर्नुभएको छ र घर फर्कने दिन पर्खिरहनुभएको छ भने अबको दुई हप्तामा १५ वटा उडान उडान तय भएको छ ।

यूएईमा रहेको नेपाली दूतावासले अगष्ट १७ देखि ३१ सम्म हुने उडान तालिका सार्वजनिक गरेको छ । दूतावासका अनुसार यो अवधिमा सबैभन्दा धेरै नेपाल एअरलाइन्सको उडान तय भएको छ ।

यूएईबाट नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्सले अगष्ट १७, २१, २५, २७, २९ र ३१ गरी ६ वटा उडान भर्नेछ । यसैगरी हिमालय एअरलाइन्सले अगष्ट २५, २७, २९ र ३१ गरी चारवटा उडान गर्ने भएको छ । एअर अरेबियाले अगष्ट २५ तथा ३१, फ्लाई दुबईले अगष्ट १७ र २० तथा ईत्तिहाद एअरले अगष्ट २७ मा एक उडान भर्नेछ ।

यो उडानमार्फत नेपाल फर्कनका लागि जुलाई २१ तथा अगष्ट १३ मा सार्वजनिक गरिएको सूचीमा परेका नेपालीले टिकट काट्न सक्नेछन् । नेपाल फर्कनका लागि कोरोनाको पीसीआर तथा आरडीटी वा यात्रा गर्न योग्य भएको प्रमाणपत्र साथमा हुनुपर्ने छ ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी सीसीएमसीका अनुसार साउन ३० गतेसम्ममा यूएईबाट १४ हजार ३ सय १४ जना नेपाली स्वदेश फर्किइसकेका छन् ।

1 Comments

  • Lal bahadur chhhetri

    Aug. 17, 2020, 6:47 a.m.

    अकामा प्रमाणित गर्नुपर्ने किन होला , यसले गर्दा सार्है गाह्रो भएको छ , टिकट काट्नै ६ महिना लाग्यो , कृपया सहयोग गर्नुस /

तपाईको प्रतिक्रिया