रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – कोरोना महामारीका बेला कुवेतमा ३३ नेपाली श्रमिक अलपत्र परेका छन् ।
काठमाण्डौको एसआरके म्यानपावरबाट कुवेत पुगेका उनीहरुलाई तीन महिनादेखि कम्पनीले तलब सुविधा नदिएपछि अलपत्र परेका गैरआवासीय नेपाली संघ कुवेतले जनाएको छ ।
म्यानपावरलाई जनही १ लाख ५० हजारभन्दा धेरै रकम तिरेर १८ महिना पहिले उनीहरु कुवेत पुगेका थिए । सुरुवातदेखि नै सम्झौता अनुसार सेवासुविधा नदिएको कम्पनीले तीन महिनादेखि तलब नै नदिएपछि उनीहरु अहिले महामारीको समयमा अलपत्र परेका छन् ।
आफूले काम गरेको तलब दिलाइदिन माग गर्दै उनीहरु सबैले दूतावासमा निवेदन दिएका छन् । तर दूतावासले सहयोग नगरेको पीडितको गुनासो छ ।
उनीहरुलाई लामो समयदेखि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । मंगलबार एनआरएनए कुवेतले उनीहरुलाई केही राहत सामग्री बितरण गरेको छ भने दूतावाससँग छलफल गरी समस्याको समाधान खोज्न पहल गर्ने एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीले बताउनुभयो ।
उनीहरु बस्दै आएको कोठामा पानीको सुविधा समेत नभएको र साह्रै नै समस्यामा रहेको पनि एनआरएनए कुवेतले जनाएको छ । आफ्नो समस्या नसुन्ने र दूतावासले समस्या लिएर जाँदा भित्र छिर्नै नदिएको पीडितले गुनासो गरेका छ ।