विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकाहरु होटल क्वरेण्टीनमा बस्न नपर्ने, सिधै घर जान पाउने

 भदौ ८, २०७७ सोमबार १८:५१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशबाट फर्कंदा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण लिएर आउने होटल क्वरेण्टीनमा बस्न नपर्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेले होटल क्वरेण्टीनमा बस्नुनपर्ने बताउनुभएको हो ।

विदेशबाट आउने नागरिकले होटल क्वरेण्टीनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्री भट्टराईले पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरु सिधै घर जान पाउने स्पष्ट पार्नुभएको हो ।

सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वरेण्टीनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका देशबाट आउनेले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वरेण्टीनमा बस्नुनपर्ने उहाँले बताउनुभयो ।

पीसीआर परीक्षण सहज नभएका देशहरुका लागि उद्धार उडान गरिने र पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वरेण्टीनमा बस्नुपर्ने उहाँको भनाई छ । अर्को देशबाट आएर क्वरेण्टीनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अरु देशहरुमा समेत रहेको भन्दै उहाँले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वरेण्टीनमा बस्न सकिने बताउनुभयो ।

विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उहाँले बताउनुभयो ।

पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरूको क्वरेण्टीन खर्च व्यहोर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल घुम्न आउने पर्यटकहरुका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारी विकास साझेदार संस्थाका कर्मचारीहरु मात्रै आउन पाउने उहाँले बताउनुभयो ।

3 Comments

  • युवराज दवासे

    Aug. 26, 2020, 10:07 p.m.

    सहि निर्णय , विभिन्न मुलकहरुबाट छुट्टी आएकाहरुलाई पुन आफ्नो काममा फर्कने बाताबरण मिलाइदिए धन्य हुने थियो!

  • Jay Kishor Mahato

    Aug. 24, 2020, 11:52 p.m.

    २ महिना देखि विदेशमा अलपत्र परेर बसेका नेपालीहरु कहाँ वाट काठमाडौंमा १ हप्ता क्वरेन्टिनमा बस्न सक्छ, त्यो पनि प्रतिदिन ९ हजार तिरेर ....पीसीआर नेगेटिभ रिपोर्ट हुनेलाई सिधै घर पठाए भैहाल्छ नि ....

  • Jhalak gharti magar

    Aug. 24, 2020, 7:15 p.m.

    ईन्डिया देखि आफ्नो काम गुमाएका अनि नेपाल आफ्नो परिवारलाई भेट्न् आउँदा त्यो ब्याक्तीले पनि आफ्नै खर्चमा होटेल क्वारेन्टाइन बस्नुपर्ने हो? ईन्डियामा 5/10 हजारमा नोकरी गरेर परिवारको पेटपाल्ने ब्याग्तीले कसरी ११ हजार तिरेर होटेलमा क्वारेन्टाइन बस्न सक्छ? त्यो ब्याग्ती के आफ्नो जन्मठाँउ फर्किनु नपाउने हो या तेस्ता ब्याग्तीलाई के बेवास्ता छ?

तपाईको प्रतिक्रिया