कुवेत भिसाको अवधि थप तीन महिना बढायो

 भदौ १५, २०७७ सोमबार ८:१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले नेपालीसहित विदेशी नागरिकको भिसा थप तीन महिना थपेको छ ।

कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका कारण विदेशी नागरिकको भिसा थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पु¥याएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । कुवेतले यसअघि थप गरेको भिसाको अवधि यही अगष्ट ३१ अर्थात आजदेखि सकिंदैछ ।

तर अझै पनि कोरोनाको कारण चार्टर्ड बाहेक अन्तर्राष्ट्रिय उडानहरु सञ्चालनमा नआएको र पहिले थपेको तीन महिनाको भिसाको समय पनि सकिने भएकोले फेरि तीन महिना भिसाको म्याद थप गरिएको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । अब कुवेतको भिसा नोभेम्बर ३० सम्म स्वतः नवीकरण हुनेछ ।

तपाईको प्रतिक्रिया