कतारमा पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न सकिने

 भदौ १८, २०७७ बिहिबार १९:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा तपाईँको पासपोर्टको म्याद सकिएको छ ।

त्यही कारण भिसा र कतारी आईडी नवीकरण कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने अब ढुक्क हुनुहोस् ।

कतार सरकारले पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

भिजिट भिसा कति समयसम्मका लागि नवीकरण हुन्छ भनेर मिति भने खुलाइएको छैन ।

अब पासापेर्टको म्याद सकिएको एक वर्ष ननाघेका नेपालीहरुले कतारी आईडी र भिसा सजिलै नवीकरण गर्न सक्ने दूतावासले उल्लेख गरेको छ ।

कतार सरकारले कोरोना महामारीका कारण पासपोर्ट नवीकरण र जारी गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया