श्रम स्वीकृति लिन ‘नो अब्जेक्सन सर्टिफिकेट’ को व्यवस्था हट्यो, कामदार लिने र करार अनुसारको सुविधा दिने पत्र भने अनिवार्य

 भदौ १९, २०७७ शुक्रबार १८:२८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम स्वीकृति लिंदा अनिवार्य नो अब्जेक्सन सर्टिफिकेटको व्यवस्थालाई केही सहज बनाइएको छ ।

अब रोजगारदाताले श्रमिक लिने र सम्झौता अनुसारको सेवा सुविधा दिने पत्र बनाई दूतावास र वैदेशिक रोजगार विभागमा इमेल गरेर श्रम स्वीकृति दिने व्यवस्था भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

सरकारले श्रम स्वीकृति खुलाएसँगै रोजगारदाताबाट नो अब्जेक्सन सर्टिफिकेट लिएर सम्बन्धित देशमा रहेको दूतावासबाट प्रमाणीकरण गराउनुपर्ने व्यवस्था लागू गरिएको थियो ।

तर त्यो व्यवस्था झन्झटिलो भएको भन्दै संघले विभागमा पत्राचार गरेको र त्यसअनुसार व्यवसायी संघ र वैदेशिक रोजगार विभागबीच भएको छलफलमा दूतावासबाट प्रमाणीकरण गराउनुपर्ने व्यवस्था हटेको संघले जनाएको छ । सरकारले श्रम स्वीकृति खुलाए पनि अझै यो निर्णय कार्यान्वयनमा भने आएको छैन ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएको कारण यो व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन ।

1 Comments

  • Ali Ansari

    Sept. 5, 2020, 3:30 a.m.

    धेरै राम्रो ...हामी नेपालीको भविष्य राम्रो होस् , धेरै धेरै धन्यवाद !

तपाईको प्रतिक्रिया