रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
अर्घाखाँची – सितगंगा नगरपालिका–५ जुकेनमा कोरोनाका कारण रोजगारी गुमाएर भारतबाट फर्किएका २० घर परिवारलाई आधुनिक माहुरीका घार प्रदान गरिएको छ ।
जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफार्म नेपालको सहयोगमा कोरोनाका कारण भारतबाट रोजगारी गुमाएर घर फर्किएका मौसमी प्रवासी कामदारलाई घार प्रदान गरिएकाे हो । २० घर परिवारलाई पाँच वटा आधुनिक घारको दरले १ सय वटा आधुनिक माहुरीका घार वितरण गरिएको सितगंगा नगरपालिका–५ का वडा अध्यक्ष कमल पौडेलले बताउनु भयो ।
अति विपन्न परिवार र आम्दानीको श्रोत केही नभएकाले आधुनिक माहुरीका घार अनुदानमा उपलब्ध गराएको जनचेतना सरोकार मञ्चका कार्यक्रम प्रमुख युवराज ज्ञवालीले बताउनु भयो । विपन्न एवं साना किसानलाई माहुरी पालन व्यवसायमा आवद्ध गराइ स्वरोजगार बनाउन घार प्रदान गरेको संस्थाका परियोजना संयोजक ज्ञवालीको भनाइ छ ।
जिल्लामा भारतमा रोजगारी गरी फर्कने क्रममा भूमिकास्थान नगरपालिकाका एक जना र फर्किएर स्थानीय सरकारले बनाएको क्वरेण्टीनमा बसेको समयमा मालारानी गाउँपालिकाका एक जना गरी २ जनाको ज्यान गइसकेको छ । अर्घाखाँचीका ५५ सय बढी जनाले भारतमा रोजगारी गुमाएर आफ्नो घरमा फर्किएका छन् ।