बिदामा रहेकालाई ओमान फर्कन अब परराष्ट्रको अनुमति नचाहिने, एनओसी भने अनिवार्य

 असोज ८, २०७७ बिहिबार १२:२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अब ओमान जान परराष्ट्र मन्त्रालयबाट अनुमति लिन नपर्ने भएको छ ।

ओमानको कोरोना सम्बन्धी सर्वोच्च समितिले गरेको निर्णय अनुसार यससअघि बिदामा रहेका र ओमान फर्कन चाहने नेपालीले पूर्व अनुमति लिन नपर्ने भएको छ । तर ६ महिना (१८०) दिनभन्दा बढी अबधि ओमान बाहिर रहेकाको हकमा भने ओमानको आरओपीबाट जारी हुने नो अब्जेक्शन सर्टिफिकेट लिएर मात्र जानुपर्छ ।

नो अब्जेक्सन सर्टिफिकेट कम्पनीले नै बिदामा रहेका आफ्नो श्रमिकको स्वदेश फिर्तीका लागि आरओपीमार्फत जारी गर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यो नियम आउँदो अक्टोबर १ देखि लागू हुनेछ ।

तपाईको प्रतिक्रिया