कोरियामा कार्यरत नेपालीको मानसिक र शारीरिक स्वास्थ्यका लागि मनोसामाजिक परामर्श कक्षा सञ्चालन हुने

 असोज ८, २०७७ बिहिबार १६:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको शारीरिक र मानसिक स्वास्थ्यका लागि अनलाइनबाट अभिमुखीकरण तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन हुने भएको छ ।

अनलाइनमार्फत विभिन्न प्रशिक्षकहरुले मानसिक र शारीरिक स्वास्थ्य सँगै सामाजिक र आर्थिक समस्यालाई सम्बोधन गर्ने दक्षिण कोरियामा रहेको नेपाली दूतावासले जनाएको छ ।अभिमुखिकरण तथा मनोसामाजिक परामर्श कक्षा अक्टोबर ११ देखि डिसेम्बरसम्म प्रत्येक आइतबार हप्तामा एक दिन सञ्चालन हुनेछ ।

एक दिनमा एक घण्टा तीस मिनेट प्रशिक्षकले कक्षा लिनेछन् । दक्षिण कोरियामा कार्यरत नेपालीको हितका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको भन्दै दूतावासले कोरियामा कार्यरत नेपालीलाई सहभागी हुन अनुरोध गरेको छ ।

हेर्नुहोस् कुन हप्ता के कक्षा हुन्छ :

तपाईको प्रतिक्रिया