ओमानमा नेपाली श्रमिकको संख्या बढाउन प्रयास गर्ने श्रममन्त्री बिन सईदको भनाइ

 असोज १२, २०७७ सोमबार १७:२५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानका श्रम मन्त्री डा. महद बिन सइद बिन अलि बाउइनले ओमानमा नेपाली श्रमिकको संख्या बढाउने बताउनुभएको छ ।

ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानका श्रममन्त्री महद बिन सइदबीच आइतबार भएको भेटवार्तामा उहाँले नेपाली श्रमिकको प्रशंसा गर्दै नेपाली श्रमिकको संख्या बढाउने गरी अझै बढी सहकार्य गर्न ईच्छुक रहेको बताउनुभएको हो । महमद बिन सइद ओमानका सुल्तानद्वारा नयाँ श्रममन्त्रीको रुपमा नियुक्त हुनुभएको हो ।

राजदूत पराजुली नयाँ श्रम मन्त्रीलाई बधाइ दिन आइतबार उहाँको कार्यकक्षमा पुग्नुभएको थियो । श्रम मन्त्री महद बिन सईदले राजदूत पराजुलीलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै ओमानको परराष्ट्र नीति, श्रम नीति तथा जनशक्तिको अवस्था लगायत अब आउने दिनमा त्यहाँको श्रम मन्त्रालयले लिने नीतिहरुको बारेमा पनि जानकारी गराउनुभयो ।

साथै राजदूत पराजुलीले नेपाल र ओमानबीच हुने तयारी भएको श्रम सम्झौताको पछिल्लो अवस्थाबारे जानकारी गराउनु भयो । दुवै जनाले नेपाल र ओमानबीच हुने तयारीमा रहेको श्रम सम्झौताको अहिलेसम्मको प्रगतिको प्रशंसा गर्नुभयो । यस्तै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त पनि गर्नु भयो ।

तपाईको प्रतिक्रिया