विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

 असोज १३, २०७७ मंगलबार १५:३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ परदेशबाट घरमा पैसा पठाउने तयारीमा हुनुहुन्छ भने विभिन्न कुरामा ध्यान दिनुहोस् । पैसा पठाउँदा लाग्ने धेरै रकम बचत गर्नुहोस् ।

परदेशबाट स्वदेशमा पैसा पठाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ । त्यसमध्येमा सबैभन्दा पहिलो कुरा हो विनिमय दर ।

पैसा पठाउँदा विनिमय दरमा ख्याल गर्नुहोस्

तपाईँले पैसा पठाउने बेलामा विनिमयदर कति छ भनेर हेर्नुहोस् । विनिमयदर कम भएको बेलामा पैसा पठाउनुभयो भने त्यसबाट तपाईँलाई घाटा हुन्छ । अझ धेरै पैसा पठाउँदै हुनुहुन्छ भने त धेरै रकम नै कम हुन जान्छ ।

त्यसले सबैभन्दा पहिला तपाईँले पैसा पठाउने समयमा विनिमयदर कति छ भनेर अन्तर्राष्ट्रिय बजारमा पनि बुझ्नुहोस् । विनिमयदर परिवर्तन भइरहेको हुन्छ । यदि कम छ भने बरु केही समय कुर्नुहोस् । ताकी तपाईँले रकम पठाउने बेलामा विनिमयदर बढोस् ।

पैसा पठाउँदा शुल्क कम लिने एक्सचेन्ज मात्र नछान्नुहोस्

विनिमयदरसँगै तपाईँले पैसा पठाउँदा एक्सचेन्जले लिने शुल्कको पनि ख्याल गर्नुहोस् । तपाईँले पैसा पठाउँदा लाग्ने शुल्कबाट कसरी बच्ने भनेर ध्यान दिनुपर्छ । कहिलेकाहीँ कुनै एक्सचेन्जले तपाईँसँग पैसा पठाउँदा लाग्ने शुल्क कम लिन सक्छ । तर तपाईँलाई विनिमयदर कम दिन सक्छ भने कसैले विनिमयदर पनि दिने र त्यही अनुसार शुल्क लिने पनि गर्न सक्छन् । यसमा तपाईँ चनाखो हुनपर्छ ।

 मार्क अफ्सबाट बच्नुहोस्

कहिलेकाहीँ बैंक तथा वित्तीय संस्थाले आफैंले माइण्ड मार्केट रेट बनाउन सक्छन् । तर योबारे तपाईँलाई थाहा नहुन सक्छ ।

त्यसैले रकम पठाउने बेला अनलाइनमा विनिमयदर हेर्नुहोस्, इन्टरबैंक दर पनि हेर्नुहोस् । इन्टरबैंक दर नै वास्तविक दर हो । जुन उनीहरुले पैसा पठाउँदा प्रयोग गर्छन् । यति हेरेपछि तपाईँले दाँझ्न पाउनुहुनेछ ।

अदृश्य शुल्कहरुबाट बच्नुहोस्

तपाईँले पैसा पठाउँदा लाग्ने अदृश्य शुल्कहरुबाट पनि बच्नुहोस् । कहिलेकाहीँ एक्सचेन्जले ‘लिटल एक्स्ट्रा’ भनेर शुल्क राखेका हुनसक्छन् ।

पैसा पठाउने नीतिबारे जानकारी लिनुहोस् तपाईँले पैसा पठाउँदा त्यो एजेण्टको पैसा पठाउने नीति बारेमा जानकारी लिनुहोस् । तपाईँले पैसा पठाएपछि त्यो कागजात प्रष्ट रुपमा पढ्नुहोस् ।

रिफण्ड पोलिसीदेखि अरु के के अवस्थाहरु उल्लेख गरिएको छ भनेर हेर्नुहोस् । ताकी भोलि कुनै समस्या भएमा पैसा फिर्ता लिन वा समस्या समाधानका लागि सहज हुनेछ ।

तपाईको प्रतिक्रिया