कतारमा कामको खोजीमा हुनुहुन्छ ? अनलाइनमार्फत आवेदन दिनुहोस्

 असोज १४, २०७७ बुधबार १५:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा तपाईँको रोजगारी गुमेको छ ? भिसा वा करार सकिएको छ, तर तपाईँ यो महामारीको समयमा घर फर्कनुभन्दा पनि कतारमै काम गर्न चाहानुहुन्छ ?

यदि त्यसो हो भने तपाईँलाई यो महामारी कतारमा फेरि जागिर पाउने अवसर बन्न सक्छ ।

कतारले पछिल्लो समय श्रम कानुनमा सुधार गर्दै पुनः रोजगारीको अवसर प्राप्त गर्ने अवसर दिएको छ । तपाईँले चाहेमा पहिलो रोजगारदाताको अनुमति बिना नै अर्को काम खोजेर वैधानिक हिसाबमा नै गर्न पाउनुहुन्छ । महामारीको समयमा कतारले नयाँ श्रमिकको भर्तीमा भन्दा पनि कतारमै रहेका श्रमिकलाई पुनः कामको अवसर दिने खालका कार्यक्रमहरु पनि ल्याएको छ ।

करार अवधि सकिएको छ, जागिर गुमाउनु परेको छ भने तपाईँले फेरि कामका लागि आवेदन दिन सक्नु हुन्छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले कतारमा तत्काल बेरोजगार भई कामको खोजीमा रहेका र विशेष गरी अदक्ष र अर्धदक्ष श्रमिकहरुलाई लक्षित गर्दै कार्यक्रम अघि सारेको छ ।

त्यसैले तपाईँले कतारमा जागिर गुमाउनुभएको छ र कतारमै फेरि पनि काम खोजिरहनुभएको छ भने त्यस्ता श्रमिकका लागि गैरआवासीय नेपाली संघ कतारले समन्वय गर्ने जनाएको छ । एनआरएनए कतारले त्यसका लागि अनलाइन आवेदन पनि खुलाएको छ ।

तपाईँले आवेदन भरेर आफ्नो विवरण उपलब्ध गराउन सक्नुहुन्छ । आवेदन दिनेहरुलाई काममा लगाउनका लागि समन्वय गरिदिने पनि एनआरएनएले उल्लेख गरेको छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

1 Comments

तपाईको प्रतिक्रिया