म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
काठमाण्डौ – बैंक भन्ने बित्तिकै धेरैको दिमागमा पैसाको कारोबार गर्ने वित्तीय संस्था भन्ने आउँछ । हुन पनि हो, चाहे कृषि विकास बैंक होस् या अरु नै, सबैले पैसाकै कारोबार गर्छन् । तर धेरैलाई थाहा छैन, नेपालमा श्रमिक सूचना बैंक पनि स्थापना भएको छ । तर यसले पैसाको होइन, श्रमको कारोबार गर्छ ।
‘श्रमिक सूचना बैंकले श्रमिकहरुलाई रोजगारदाता र रोजगारदातालाई श्रमिकहरुसँग जोड्न मद्दत पुर्याउँछ’, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरे भन्नुहुन्छ, ‘खासमा यसले ‘श्रम’को काम गर्छ अर्थात श्रमिक र रोजगारदाताबीचको ‘ग्याप’लाई हटाएर दुई तहबीच पुलको काम गर्छ ।’
उहाँका अनुसार श्रम बैङ्कमार्फत कृषि, उद्योग, होटल, वैदेशिक रोजगारी लगायतका क्षेत्रमा श्रम आर्जन गर्नसक्ने जनशक्तिको संख्या, उनीहरुको सीप, क्षमता, दक्षताको बारेमा एकीकृत रुपमा सूचना प्राप्त गर्न सकिनेछ ।
कोरोना महामारीकै बीच गएको भदौ १४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भर्चुअल कार्यक्रममार्फत श्रमिक सूचना बैंकको उद्घाटन गर्नुभएको हो ।
श्रमिक सूचना बैंकको उद्घाटन गर्दै मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकता अनुसार काममा लगाउन सहयोग पुर्याउने बैंकको उद्देश्य रहेको बताउँदै यसलाई मन्त्रालयले विशेष महत्वका साथ हेर्ने पनि बताउनुभएको थियो ।
बैंकमा श्रमिक र रोजगारदातासँगै बजारमा भएको काम र विभिन्न क्षेत्रमा भएका रोजगारीका सूचना तथा अवसरको समेत जानकारी हुने भएकाले श्रमिक र रोजगारदातालाई जोड्न यस बैंकले निकै सहजता ल्याउने अपेक्षा गरिएको छ ।
यस्तै यसले रोजगारीको खोजीमा रहेका श्रमिक, श्रमिकको खोजीमा रहेका रोजगारदाता र श्रम बजारलाई व्यवस्थित बनाउन सरकारले लिनुपर्ने नीति, रणनीति तथा कार्यक्रमका लागि तथ्यपरक सूचना पनि उपलब्ध गराउने छ ।
मन्त्रालयले श्रमिक सूचना बैंकलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत राखेर सञ्चालन गर्ने जनाएको छ ।
१८ वर्षदेखि ५९ वर्ष उमेर समुहका जनशक्तिको ज्ञान, सीप क्षमता, दक्षता र अनुभवको विवरण संकलन गरिनेछ र त्यही आधारमा रोजगारदाताहरुले आवश्यकता अनुसार छनौट गरेर रोजगारीमा राख्न सक्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले श्रमिक सूचना बैंक सञ्चालनको लागि प्रारम्भिक मस्यौदा पनि तयार गरिसकेको छ । अब वेबसाइट निर्माण गरेपछि बैंक सञ्चालनमा आउने मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सुमन घिमिरेले बताउनुभयो ।
‘वेबसाइट निर्माण गरेपछि मात्र बैंक सञ्चालनमा आउँछ’, उहाँले भन्नुभयो, ‘त्यसैमा सबै सूचना र श्रमिकहरुको विवरण सूचीकृत गरिन्छ, यो जटिल प्राविधक प्रक्रिया भएकाले केही समय लाग्न सक्छ ।’
उहाँका अनुसार अबको एक वर्षभित्र वेबसाइट निर्माण भएर श्रम बैंक सञ्चालनमा आउनेछ ।
रोजगार व्यवस्थापन सूचना प्रणाली (ईआईएमएस)मा भएका सूचनाहरु संकलन गरेर श्रम बैंकको वेबसाइटमा राखिनेछन् । त्यसमा विभिन्न क्षेत्रका तथ्यांकसँग अन्तर आवद्धता सहितको एकीकृत प्रणाली विकास गरेर तथ्यांक पोर्टल निर्माण गरिने मन्त्रालयले जनाएको छ ।
बैंकले रोजगारीको खोजीमा रहेका श्रमिक र श्रमिकको खोजीमा रहेका रोजगारदाताबीच सम्बन्ध सेतुको काम गर्ने उदेश्य लिएको छ ।
‘यस्तै यसले श्रम बजारलाई व्यवस्थित बनाउन आवश्यक नीति नियम तथा रणनीतिका लागि आवश्यक सूचना तथा तथ्यांक प्रदान गर्नेछ’, संयोजक घिमिरेले बताउनुभयो ।
श्रम बैंकमार्फत सातै प्रदेशमा सीप विकास तालिम केन्द्र पनि सञ्चालनमा ल्याइनेछन् । यी केन्द्रबाट श्रम बैंकमा सूचीकृत भएका श्रमिकहरुको दक्षता क्षमता विकास गर्न तालिम प्रदान गरिनेछ ।
देशका विभिन्न पालिकामा रहेका रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा समेत उपयोग गरी निजी क्षेत्रका उत्पादनशील उद्योगले आफूलाई आवश्यक पर्ने र श्रम सूचना बैंकबाट सिफारिस भएका श्रमिकहरुलाई रोजगारी सहितको तालिमको व्यवस्था पनि गरिने मन्त्रालयले जनाएको छ ।
‘देशका सबै पालिकाकामा सूचीकृत बेरोजगारहरुलाई एउटै सर्भरमा राख्न मिल्ने गरी वेबसाइट निर्माण गरिनेछ’, संयोजक घिमिरेले भन्नुभयो, ‘अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकादेखि वैदेशिक रोजगारीमा फर्किएका र पछि फर्किने सबैको तथ्यांक उनीहरुको योग्यता, सीप, उमेर, ठेगाना सहित सर्भरमा राखिनेछन् ।’
अहिले पनि कालिकोटको रास्कोट नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाले श्रम बैंक सञ्चालन गरिरहेका छन् । यी पालिकाहरुले विशेषगरी वैदेशकि रोजगारीबाट फर्किका युवा तथा गाउँमै पनि बेरोजगार बसेकाहरुलाई लक्षित गरी श्रम बैंक सञ्चालनमा ल्याएका छन् ।
‘हामीले रोजगार शाखामा सूचीकृत हुनुभएकामध्ये ८ सयभन्दा बढीलाई काम दिइसकेका छौं’, तुलसीपुर उप महानगरपालिकाका रोजगार संयोजक गिरीराज मिश्रले भन्नुभयो, ‘अहिलेलाई सार्वजनिक बाटो निर्माणदेखि सरसफाइ तथा रंगरोगनका काम दिएका छौं, त्यही अनुसार उहाँले पारिश्रमिक पनि पाउनुभएको छ, कसैलाई राहतस्वरुप खाद्यान्न पनि दिएका छौं ।’
मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको श्रमिक सूचना बैंक जस्तै यसले रोजगारदाता र श्रमिकलाई एकआपसमा जोड्ने नभए पनि स्थानीय तहमै रोजगारी प्रदान गर्न सकिने गरी अहिले सञ्चालनमा ल्याइएको र पछि रोजगारदाता र श्रमिकलाई एकआपसमा जोड्न सक्ने गरी संरचना विकास गर्ने पनि उहाँले बताउनुभयो ।
श्रमिक सूचना बैंकले पनि हरेक पालिकाका रोजगार केन्द्रमा सूचीकृत भएका श्रमिकहरुको विवरण पनि आफ्नो पोर्टलमा राख्ने छ र त्यहीँबाट देशैभरिका रोजगारदाताले आफ्नो आवश्यकता र अनुकूलताअनुसार छनौट गर्न सक्ने मन्त्रालयले जनाएको छ ।