रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – वैदेशिक रोजगारीको लागि जापान जाने नेवदनकर्ताहरुलाई आवश्यक कागजात अनिवार्य पेश गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
निवेदनका साथ स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र कम्पनीसँगको करारनामाको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्नेछ ।
यस्तै योग्याताको प्रमाणपत्र (सीओई) र कम्पनी सञ्चालनको अनुमतिपत्र (लाइसेन्स टु रन कम्पनी) जाप्निज भाषामा भएमा आधिकारिक निकायबाट अनुवाद गरिएको हुनुपर्ने विभागले जनाएको छ । नेपाली व्यक्तिको कम्पनी भएमा कम्पनी सञ्चालकको रेजिडेन्सी कार्ड तथा सञ्चालक जाप्निज भएमा परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।
उल्लेखित कागजात कम्पनीको वेबसाइटमा उल्लेख भएको मेल तथा वेबसाइट नभएको कम्पनीले आफ्नो कम्पनीको डोमेन तथा कर्पोरेट मेलबाट वैदेशिक रोजगार विभागको मेल [email protected] मा पठाएको हुनुपर्ने विभागले जनाएको छ ।