कोरोना महामारी नियन्त्रणका लागि मलेसियामा सङ्कटकाल घाेषणा

 पुस २९, २०७७ बुधबार ८:३८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मलेसियाका राज अल सुल्तान अब्दुल्लाले देशमा सङ्कटकाल घोषणा गरेर संसद निलम्बन गर्नुभएको छ । कोरोना भाइरसको महामारी रोक्नका लागि भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले सङ्कटकालको घोषणा गरेका समाचार संस्था अलजजिराले जनाएको छ ।

मलेसियाको कानुन अनुसार सङ्कटकाल लागू भएपनि संसद स्वतः निलम्बन हुन्छ । छ महिनाका लागि लगाइएको संकटकाल कोरोना महामारीको अबस्था हेरेर छ महिना अघि नै खुकुलो हुन सक्ने खबरमा उल्लेख छ । संकटकाल लागु भएपछि सरकार संचालनको सबै अधिकार प्रधानमन्त्रीमा जान्छ ।

यासिनले गएको अक्टोबरमा सङ्कटकाल लगाउन सिफारिस गरेपनि त्यसबेला राजाले अस्किार गरेका थिए । विपक्षीहरुले सासन सञ्चालनमा आफूले गरेको कमजोरी लुकाउन प्रधानमन्त्रीले कोरोनाको वहाना बनाएर सङ्कटकाल लगाएको भन्दै असन्तुष्टि जनाएका खबरमा उल्लेख छ ।

मलेसियामा अहिलेसम्म एक लाख ४१ हजार पाँच सय ३३ जनामा कोरोना सङ्क्रमण भएकोमा पाँच सय ५९ जनाको ज्यान गएको छ । मलेसियामा यस अघि सन् १९६९ मा साम्प्रादायिक हिंसा भड्किएपछि सङ्कटकाल लागू भएको थियो ।

तपाईको प्रतिक्रिया