विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९५ प्रतिशत सङ्क्रमण मुक्त

 माघ ४, २०७७ आइतबार १२:४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९५ प्रतिशत सङ्क्रमण मुक्त भएका छन् । 

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने ती मध्ये  ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।  

यस्तै कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप २ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता बेलायतमा १ जना र दक्षिण अफ्रिकामा १ जनाको  ज्यान गएको हो । यो सँगै विदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालीकाे सङ्ख्या २० देशमा  ३ सय १९ पुगेको  छ ।  

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।  

आत्महत्या रोकथाम सम्बन्धी विशेष  भर्चुअल  कार्यशाला

वैदेशिक रोजगारीमा रहेका नेपालीमा  मनोरोग  बढ्न थालेपछि  संघ अन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथाम सम्बन्धी विशेष  भर्चुअल  कार्यशाला आयोजना गरेको छ । हालसम्म ३ कार्याशाला सम्पन्न भैसकेको  संघले जनाएकाे छ  । त्यस कार्यशालामा मनरोग विशेषज्ञ डा विजय ज्ञवाली र डा रञ्जन थापाले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । मध्यपूर्व, मलेसिया लगायत  देशमा रहेका नेपालीले सहभागिता  जनाएका थिए ।

तपाईको प्रतिक्रिया