यूएईको नेपाली दूतावासका ३ कर्मचारीमा कोरोना सङ्क्रमण, कन्सुलर सेवा बन्द

 माघ ६, २०७७ मंगलबार १०:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएई – तीन जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यूएईमा रहेको नेपाली दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गरेको छ । 

सोमबार एक विज्ञप्ती जारी गर्दै दूतावासले आज मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्रप्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । 
तर अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने दूतावासले उल्लेख गरेको छ ।

दूतावासको फ्रन्ट लाइनमा कार्यरत ३ जना स्थानीय कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ । अत्यावश्यक कामका लागि भने दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर या [email protected] मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । 

तपाईको प्रतिक्रिया