कोरोनाका कारण विदेशमा थप ९ जना नेपालीको ज्यान गयो

 माघ ११, २०७७ आइतबार १६:२४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप ९ जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता बेलायतमा ४ जना,  कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको  ज्यान गएको हो ।  गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या विभिन्न २० देशमा गरी ३ सय २७ पुगेको  छ ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये  ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

समितिका अनुसार यो हप्ता बेलायत, प्रोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
 

तपाईको प्रतिक्रिया