एनआरटीलाई हराउँदै चर्च ब्वाइजलाई झापा कप फुटबलको उपाधि

 पुष ८, २०८१ सोमबार १८:१५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झापा कप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । बिर्तामोडको डोमलाल राजवंशी रङ्गशालामा आज भएको फाइनल खेलमा चर्च ब्वाइजले न्यूरोड टिम (एनआरटी)लाई ३–१ गोलले हरायो ।

चर्च ब्वाइजको जीतमा अर्मान्डले दुई गोल र समिर तामाङले एक गोल गरे । एनआरटीका कप्तान अञ्जन विष्टले एक गोल फर्काए । उपाधि जितेको चर्च ब्वाइजले १० लाख र उपविजेता एनआरटीले पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

चर्च ब्वाइज सेमिफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई हराउँदै फाइनलमा पुगेको हो । यस्तै इटहरीको राष्ट्रिय जागृति क्लबलाई पराजित गरेर एनआरटी फाइनलमा पुगेको हो ।

प्रतियोगितामा नेपालका नौ र भारतको एउटा क्लबको सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया