वैदेशिक रोजगार विभागले मनोमानी गरेको भन्दै म्यानपावर व्यवसायी आन्दोलित

 माघ ११, २०७७ आइतबार १७:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले मनोमानी गरेको भन्दै म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न मागहरु राख्दै आइतबार वैदेशिक रोजगार विभागको कार्यालयमा धर्ना दिएको छ । संघले राख्दै आएका कानुनसम्बद्ध मागहरु विभागले अहिलेसम्म नुसेनेको र मागहरुप्रति कुनै चासो नदेखाएको भन्दै संघले काठमाण्डौको बुद्धनगरमा रहेको विभागको गेट अगाडि धर्ना कार्यक्रम गरेको हो । 

वैदेशिक रोजगार विभागले आफू मातहतका काम कारबाहीमा मनोमानी र स्वेच्छाचारिता गरेको र व्यवसायीका कुरा नसुनि अनुगमनका नाममा आतंक फैलाएको संघको आरोप छ । विभागको निर्णयमा खण्डन गर्दा, विमती जनाउँदा, वैदेशिक रोजगार विभागले जेल हाल्छुँ, इजाजत खारेज गरिदिन्छु भन्ने सम्मका धम्की दिने गरेको पनि संघको आरोप छ ।

संघले विभागको वैदेशिक रोजगारी व्यवस्थापन प्रणाली अर्थात् एफईआईएमएसमा सुधार ल्याउनुपर्ने, शाखा कार्यालय खोल्न स्वीकृति दिनुपर्ने, वैदेशिक राेजगार एेन २०६४ लाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने लगायतका २१ बुँदे मागहरु अघि सारेको छ ।

 

1 Comments

  • कमल अर्याल

    Jan. 24, 2021, 6:16 p.m.

    तिमीहरुको मनोमानी कस्ले हेर्ने त?? सक्छ्यौ भने सरकारले तोकेको मापदण्ड अनुसार वैदेशिक रोजगारीमा पठाउ, यदि सकिदैन भने सरकारलाई आफ्ना कामहरु जिम्मा दिने हिम्मत गर।

तपाईको प्रतिक्रिया