ओमानमा कोरोनाको नयाँ स्वरुप : सामूहिकरुपमा भेला हुन पूर्ण प्रतिबन्ध

 माघ १५, २०७७ बिहिबार १५:५७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको नयाँ स्वरुप देखिएसँगै ओमान सरकारले सामूहिकरुपमा भेला हुने तथा सामाजिक कार्यमा जमघट हुने कार्यमा पूर्णतया प्रतिबन्ध लगाएको छ ।

ओमानमा कोरोना भाइरसको अनुगमन गरिरहेको सर्वोच्च कमिटीको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको ओमानको लागि नेपाली दूतावासले जनाएको छ । कोरोना संक्रमण नियन्त्रणको लागि थप कडाइ गर्दै कमिटीले सावधानीका उपायमा बढी सचेत हुन आग्रह गरेको छ ।

कोरोनाको संक्रमण बढेसँगै ओमानमा रहेका नेपाली नागरिकलाई त्यहाँको कानुनबमोजिम चल्न र निर्देशनहरु पूर्ण पालना गर्न दूतावासले आग्रह गरेको छ ।

यस विषयमा थप बुझ्नु परेमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ २४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया