शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि ठप्...
बैशाख ४, २०८२ बिहिबार
काठमाण्डाै – काठमाण्डाैमा प्रदर्शन गर्दै आएको नेपाल शिक्षक महासङ्घलाई सरकारले फेरि वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज विज्ञप्ति निकालेर शिक्षक महासङ्घलाई वार्ता र संवादमा आउन आग्रह गर्नुभएको हो ।
यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफलमा बोलाए पनि शिक्षक महासङ्घ गएको थिएन । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन् । चैत २० गतेदेखि माइतीघर–बबरमहल क्षेत्रमा शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । महासङ्घले हिजोदेखि शैक्षिक हडतालसमेत घोषणा गरेको छ ।
शिक्षकहरूले आज दिउँसो टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । बानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षक–कर्मचारीहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकार खोज्दै साङ्केतिक विरोध गरेका हुन् । यसअघि शिक्षकहरूले सडकमा सुतेर, सिठी बजाएर तथा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।