दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति चुनाव हुने

 चैत २६, २०८१ मंगलबार १८:२०:५४ | एजेन्सी
unn.prixa.net

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले आउँदो जुन ३ मा राष्ट्रपति पदको चुनाव हुने घोषणा गर्नुभएको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले युन सुक येओललाई राष्ट्रपति पदबाट हटाएपछि कार्यवाहक राष्ट्रपति हान–डक सुले आज राष्ट्रपति चुनावको मिति घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

पूर्वराष्ट्रपति युनले गएको डिसेम्बरका ‘मार्शल ल’ घोषणा गरेपछि उहाँलाई संसद्ले महाभियोग लगाएको थियो । गएको हप्ता अदालतले उहाँको महाभियोगलाई समर्थन गरेपछि ६० दिनभित्र मध्यावधि चुनावका लागि बाटो खुलेको हो ।

कार्यवाहक राष्ट्रपति हान डक–सुले चुनावको मिति घोषणा गर्दै देशले ‘घाउबाट छिटो निको हुन’ र ‘माथि र अगाडि’ जान आवश्यक रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

युनको ‘मार्शल ल’ घोषणाले दक्षिण कोरियालाई राजनीतिक अनिश्चिततामा धकेलेको थियो । कार्यवाहक राष्ट्रपति हानले विगत चार महिनादेखि नागरिकमा भ्रम र चिन्ता पैदा गरेकोमा तथा राष्ट्रपति पद रिक्त भएको यो दुःखद परिस्थितिको सामना गर्नुपरेकोमा क्षमा पनि माग्नु भएको छ ।

अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहनुभएको छ । संवैधानिक अदालतले उहाँको महाभियोगलाई खारेज गरेपछि उहाँले भर्खरै पुनः काम शुरू गर्नुभएको हो ।

नेतृत्वको अभावमा दक्षिण कोरियाले विमान दुर्घटना र देशको इतिहासमा सबैभन्दा घातक डढेलोलगायत विभिन्न सङ्कत र चुनौतीहरू भोग्नुपरेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया