बहराइनमा कार्यरत हुनुहुन्छ ? कोरोना विरुद्धको निःशुल्क खोप लगाउन नाम दर्ता गर्नुहोस्

 माघ १८, २०७७ आइतबार १७:१८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ बहराइनमा कार्यरत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बहराइन सरकारले तपार्ईँको लागि पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएकाले समयमै आफ्नो नाम दर्ता गराउनुहोस् ।

बहराइनमा सरकारले बहराइनका नागरिक सरह त्यहाँ कार्यरत नेपाली नारिकलाई पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइरहेको छ । साथै बहराइन सरकारले अहिलेसम्म पनि खोपका लागि नाम नटिपाउनेहरुलाई आफ्नो नाम समयमै दर्ता गराउन आग्रह पनि गरेको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्र लिएको र उहाँमा कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले समयमै बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन अनुरोध पनि गरेको छ । खोप आए पनि कोरोनाको जोखिम कम नभएकाले मास्क लगाउन, भौतिक दुरी कायम गर्न र अन्य स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया