रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
बैतडी – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार दुई सय ८१ जनाले रोजगारी पाएका हुन् ।
स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले एक सय दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी आठ सय ३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा चार हजार दुई सयले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त कार्यक्रमका लागि चार करोड ३३ लाख रुपैयाँ निकासा भएको छ ।”
जिल्लाको पुर्चौंडी नगरपालिकामा ४ सय ५४ जना प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७ सय ६२ जना छनोट भएका छन् । पाटनमा सात हजार आवेदन परेको थियो । पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन करोड ९६ लाख रुपैयाँ बजेट निकासा भएको छ ।
यस्तै मेलौली नगरपालिकामा आवेदन दिएका एक हजार २४ मध्ये दुई सय ७१ जना छनोट भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मेलौलीमा एक करोड ४४ लाख रुपैयाँ निकासा भएको छ । यस्तै दशरथचन्द नगरपालिकामा एक हजार ६ सय ८२ जनाले आवेदन दिएकामा चार सयले रोजगारी पाउने भएका छन् । दशरथचन्द नगरपालिकामा सो कार्यक्रमका लागि दुई करोड रुपैयाँ बजेट निकासा भएको छ ।
डिलाशैनी गाउँपालिकामा तीन सय ३४ ले रोजगारी पाउने भएका छन् । यसका लागि एक करोड ७२ लाख ६८ हजार रुपैयाँ निकासा भएको छ । यस्तै एक करोड ३९ लाख ५७ हजार रुपैयाँको निकासा भएको दोगडाकेदार गाउँपालिकामा दुई सय ७० जनाले रोजगारी पाउने भएका छन् । पञ्चेश्वर गाउँपालिकामा पाँच सय ३८ जना प्रधानमन्त्री रोजागार कार्यक्रमअन्तर्गत छनोट भएका छन् । सिगास गाउँपालिकामा चार सय ५१ ले रोजगारी पाउने छन् । यहाँ दुई करोड १५ लाख ८६ हजार रुपैयाँ निकासा भएको छ । शिवनाथ गाउँपालिकामा चार सय २३ जनाले रोजगारी पाउने छन् भने दुई करोड १८ लाख रुपैयाँबजेट निकासा भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही पालिकाले काम शुरु गरिसकेका छन् भने केही पालिकाले योजना छनोट गरिरहेको जनाइएको छ । कोरोना भाइरसका कारण रोजगार गुमाएर जीविकोपार्जनमा समस्या भएका नागरिकलाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिइएको स्थानीय तहहरुले जनाएका छन् ।