राहदानीको लागि आवेदन दिन हुलाक तथा कुरियरको प्रयोग गर्न दूतावासको आग्रह

 माघ ३०, २०७७ शुक्रबार १६:१४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले राहदानीको लागि आवेदन दिन हुलाक तथा कुरियरको प्रयोग गर्न आग्रह गरेको छ ।

दूतावासका अधिकांश कर्मचारीहरु कोरोना संक्रमित भएकाले आउँदाे फागुन दुई गतेदेखि भौतिक सम्पर्क कम गर्न कुरियर तथा हुलाकबाटै राहदानीको लागि आवेदन दिन आग्रह गरेको हो ।

राहदानीको लागि फारम भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातका बारेमा आफ्नो वेबसाइट www.ae.nepalembassy.gov.np मा गएर हेर्न सकिने दूतावासले जनाएको छ । 

तपाईको प्रतिक्रिया